देश

कालिकामा शिक्षकहरुलाई अब मासिक तलव

चितवन, भदौ २–चितवनको कालिका नगरपालिकाले शैक्षिक गुणस्तर वृद्धीका लागि शिक्षकहरुलाई मासिक रुपमै तलव खुवाउने व्यवस्था मिलाएको छ । यसअघि चार चार महिनामा तलव वुझ्दै आएका उनीहरुले अव भने प्रत्येक महिनाको ५ गते खातामा जम्मा हुने गरी तलव खुवाउने व्यवस्था मिलाईएको कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले जानकारी दिए । तलवकै लागि चार महिना कुर्नु पर्ने वाध्यता थियो मेयर श्रेष्ठले भने– प्रत्येक महिना तलव पाएपछि शैक्षिक वृद्धीका लागि शिक्षकहरु अझ वढि क्रियाशिल हुने विश्वास ।

कालिकाले चालु आर्थिक वर्षमा शिक्षालाई प्राथमिकता दिएर वजेट विनियोजन गरेको छ । कुल वजेटको २१ प्रतिशत शिक्षामा छुट्टाईएको मेयर श्रेष्ठले वताए । नगरपालिकाले इलेक्ट्रीक हाजिरीको आधारमा तलव निकासा गर्नेछ । त्यसका लागि नगर भित्रका केही विद्यालय वाहेक अरुमा इलेक्ट्रीक हाजिरीको व्यवस्था मिलाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले जानकारी दिए ।

नगर भित्रका ३५ वटा सामुदायिक बिद्यालय मध्य आव २०७५र७६ मा नगरपालिकाले २८ वटा विद्यालयमा ई हाजिरी जडान गरिसकेको छ । वाँकीमा यही भदौ महिना भित्र जडान हुने छ । गयल भएका कर्मचारी तथा शिक्षकहरुको तलव काटिनेछ । नेपाल सरकारको स्थायी कर्मचारी मध्ये हेपिएको अवस्थामा शिक्षकहरु रहेका छन् ।

नगरपालिकाले वित्तिय व्यवस्थापनलाई सुधार गर्ने क्रममा शिक्षकहरुलाई मासिक तलव खुवाउने व्यवस्था मिलाएको नगरपालिकाका लेखा अधिकृत ऋषि प्रसाद कडुवालले जानकारी दिए । लेखा अधिकृत कडुवाल यसअघि ८ बर्ष शिक्षण पेशामा कार्यरत थिए ।

सोही पेशामा रहँदा शिक्षकहरुको समस्या वुझी मासिक तलव खाने व्यवस्था गरेको यो नै चितवनमा पहिलो रहेको उनले वताए । नेपालको ७५३ वटा स्थानिय निकाय मध्य कालिका यस्तो व्यवस्था लागू गर्नेमा चौथो नम्वरमा छ ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख नारायण वाग्ले नगरपालिकाले सुरु गरेको नयाँ व्यवस्थाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार आउने वताउँछन् । कालिका नगरपालिका भित्र आधारभूत र माध्यमिक तहमा २ सय २२ जना स्थायी शिक्षकहरु रहेका छन् ।

Featured