देश

युरोपको आकाशमाथिको प्रतिबन्ध हटाउनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं, भदौ २–प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको हवाई क्षेत्रको सुरक्षामा धेरै सुधार हुँदै गएको दाबी गर्दै युरोपको आकाशमाथिको प्रतिबन्ध हटाउनुपर्ने बताएका छन् । काठमाडौंमा सोमबारबाट सुरुभएको अन्तर्रा्िष्ट्रय नागरिक उड्डयन सङ्गठन (आईकाओ) का हवाई महानिर्देशकहरुको सम्मेलनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले विगतमाजस्तो हवाई सुरक्षामा नेपालको कमजोरी अहिले नरहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले ठ्याक्कै त्यही शब्दमा प्रतिबन्ध हटाउन नभने पनि नेपालले पछिल्ला वर्षमा हवाई उड्डयनमा गरेको विकासले असुरक्षा हटेको बताएका हुन् । नेपालले हवाई सुरक्षाका बाँकी काममा क्रमशस् सुधार गर्दै गएको बताए ।

नेपालले सुखी नेपाली र समृद्ध नेपालको राष्ट्रिय संकल्प पूरा गर्न पर्यटनलाई प्रमुख अंगको रुपमा लिइएको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले विश्वमा प्रवेश गर्न कनेक्टिभिटीको ठूलो महत्व रहेको बताए । नेपालको पर्यटन क्षेत्रको विकासका लागि कनेक्टिभिटी आवश्यक रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले काठमाडौंको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टमा रुपान्तरण गर्न लागिएको जानकारी पनि गराए । साथै थप दुई नयाँ अन्तर्रा्ष्ट्रिय विमानस्थल पनि निर्माण भैरहेको उनले बताए ।

Featured