देश

शालिकराम पुडासैनी आत्महत्या प्रकरण : पाँच मिटर डोरी किनेको पसल भेटियो

काठमाडौं, भदौ २-माउन्टेन टेलिभिजनमा कार्यरथ नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि डोरी किनेको पसल भेटिएको छ। चितवन प्रहरीका अनुसार नारायणगढ बसपार्कमा रहेको एक होलसेल पसलबाट पुडासैनीले डोरी किनेको पाइएको छ।

होलसेल पसल नजिकै रहेको एक पसलको सीसीटीभी फुटेज हेर्दा पुडासैनीले ५ मिटर डोरी किनेर लगेका छन्। सीसीटीभीको ‘हार्डडिस्क’ नै लिएर परीक्षणको लागि प्रहरी हेडक्वार्टर पठाइएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दान बहादुर मल्लले आइतबार साँझ हार्डडिस्क लगेर प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिए।

पुडासैनीको मृत्युका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। पुडासैनी साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।

Featured