खेलकुद विदेश

लेस्टरसँग बराबरीमा रोकियो चेल्सी

काठमाडौं, एजेन्सी, भदौ २-इङ्लिस प्रिमियर लिगको बलियो टोली चेल्सी दोस्रो खेलमा लेस्टर सिटीसँग १–१ गोलको बराबरीमा रोकिएको छ। यससिजन खराव नतिजाबाट सुरुवात गरेको चेल्सीले आइतबार राति भएको दोस्रो खेलमा पनि सुरुवाती अग्रता जोगाउन सकेन। चेल्सी लिगको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडसँग ४–० गोलले पराजित भएको थियो।

घरेलु मैदानमा चेल्सीले सातौं मिनेटमै अग्रता लिएको थियो। चेल्सीका मसोन माउन्टले सुरुवाती गोल गरेका थिए। लेस्टर सिटीले दोस्रो हाफमा बराबरी गोल फर्काएको थियो। ६७औं मिनेटमा लेस्टरका विल्फ्रेड एनडीडीले बराबरी गोल गरेका थिए। बराबरीसँगै दुबै टोलीले एक एक अंक बाँडेका छन्।

सिजनको सुरुवातमै चेल्सीले खराव नतिजा निकालेपछि भर्खर टोलीको प्रशिक्षक बनेका फ्रान्क लाम्पार्डमाथि दबाब थपिएको छ। पूर्व स्टार लाम्पार्डलाई चेल्सीले यसै सिजन प्रशिक्षकको जिम्मेबारी सुम्पिएको थियो।

Featured