देश

विप्लव समूहका जिल्ला इन्चार्जसहित ५ जना पक्राउ

झापा, भदौ १— नेत्रविक्रम चन्द समूहका ताप्लेजुङ, पाँचथर इन्चार्जसहित पाँच जना पक्राउ परेका छन् । ताप्लेजुङ इन्चार्ज सागर लिम्बु, पाँचथर इन्चार्ज तथा मेची ब्यूरो सदस्य राजु दाससहितका पाँच जना आइतबार दमकबाट पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा मेची ब्युरो सदस्य एवं ताप्लेजुङ जिल्ला सेक्रेटरी नरपति पौडेल, ताप्लेजुङ जिल्ला सदस्य योगेश लिम्बु र जनमुक्ति मोर्चाका केन्द्रीय सदस्य गणेश कार्की छन् । उनीहरुलाई प्रदेश १ प्रहरी कार्यालय, प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो । उनीहरुमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।