देश

हप्तादिनमा संविधान संशोधन प्रक्रिया अघि नबढे आन्दोलन : यादव

काठमाडौँ, भदौ १—राष्ट्रिय जनता पार्टी नेपाले हप्तादिन भित्र सरकारले संविधान संशोधन प्रकृया अघि नबढाए आन्दोलन गगर्ने चेतावनी दिएको छ । सो पार्टीका अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले एक साताभित्र संविधान संशोधन प्रक्रिया अगाडि नबढाए सरकारविरूद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका हुन् ।

राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले सरकार बनाउने बेला संविधान संशोधन गर्ने प्रतिवद्धता जनाए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आलटाल गरिरहेकाले आन्दोलनमा जानुपर्ने बाध्यता भएको बताए ।

२०७४ फागुनमा केपी शर्मा ओली सरकारलाई समर्थन जनाएको राजपाले एक वर्षपछि उक्त समर्थन फिर्ता लिएको थियो। प्रधानमन्त्रीले संविधान परिवर्तनीय दस्तावेज भएको बताइरहे पनि संशोधनका लागि भने गम्भीर नदेखिएको उनले आरोप लगाएका छन् ।

Featured