खेलकुद

ह्याण्डबलमा भाग लिन नेपाली टिम भारत प्रस्थान

काठमाडौँ, भदौ १—जयपुरमा भदौ ४ गतेदेखि सुरु हुने आठौ एसियाली युथ च्याम्पियनशिप ह्याण्डबल प्रतियोगितामा सहभागी हुन नेपाली टिम भारत प्रस्थान गरेको छ ।

१६ जना खेलाडीसहित २० जनाको टोली भारत प्रस्थान गरेको हो। सो प्रतियोगितामा नेपालले पहिलोपटक सहभागीता जनाउन लागेको हो । टिममा १५ देखि १८ वर्षसम्मका खेलाडी समावेश गरिएको छ । मोनिका थापाको कप्तानीमा रहेको टोली महेन्द्रनगर( नयाँ दिल्ली हुँदै जयपुर पुग्ने नेपाल ह्याण्डवल संघका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए ।

नेपालले पहिलो चरणमा ४ वटा देशसँग प्रतिस्पर्धा गर्ने बताइएको छ । भदो ४ गते भारत, ६ गते काजकिस्तान र ७ गते मंगोलियासँग प्रतिस्पर्धा गर्ने गुरुङले जानकारी दिए । टिमको मुख्य प्रशिक्षकमा हिमाल दाहाल, प्रशिक्षकमा रन्जना राई र अपिसियलमा नरेन्द्र जोशी रहेका छन् । खेल लिग कम नकआउटका आधारमा खेलाइने बताइएको छ ।

Featured