काठमाडौँ, भदौ १–रवि लामिछाने पक्राउको विषयलाई लिएर काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीलाई गालीगलौज गरेको आरोपमा पप गायक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अछामको मंगलसेनका रिदम विसी भनिने शंकर विक रहेका छन् । उनलाई अछामबाट काठमाडौं ल्याउँदै गरेको काठमाडौ प्रहरी परिसरका प्रमुख उत्तमराज सुवेदीले बताए । उनीमाथि साइबर अपराध अन्तर्गत मुद्दा चल्ने सुवेदीको भनाइ छ ।
शंकर विकले ‘रवि लामिछानेलाई फसाउने यो नै हो,’ भनेर एसएसपी सुवेदीको फोटो राखेर गालीगलौज गरेका थिए । कपत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन गरेको अभियोगमा बिहीबार रविसहित तीन जना पक्राउ परेका छन् । उनीहरूमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस