देश

बेलकामा एनजिओ र आईएनजिओको २५ करोड लगानी

उदयपुर, भदौ १– उदयपुरको बेलका नगरपालिकामा एनजिओ र आईएनजिओको लगानी बढेको देखिएको छ । कतिपय स्थानीय तहमा एनजिओ र आईएनजिओमाथि कडाइ गरेका बेला बेलका नगरले भने समृद्धिका लागि एनजिओ र आइएनजिओसँग सहकार्य बढाएको देखिएको हो ।

आर्थिक वर्ष २०७५र०७६ मा नगरपालिकाका विभिन्न क्षेत्रमा एनजिओ र आईएनजिओले २५ करोड रुपैयाँ लगानी गरेका नगरपालिकाले जनाएको छ । साउन ३० देखि ३२ गतेसम्म चलेको तीन दिने समीक्षात्मक कार्यक्रममा दिइएको जानकारी अनुसार नगरपालिकाभित्र कृषि, स्वास्थ्य, उत्पादन, सेवालगायतका क्षेत्रमा सरकारी तथा गैरसरकारी संस्थाले लगानी गरेका छन् ।

समीक्षा कार्यक्रमको पहिलो दिन अर्थात् साउन ३० गते बेलका नगरपालिकासँग साझेदारी तथा सहयोग गर्ने १९ वटा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय गेरसरकारी संस्थाले गत आर्थिक वर्षमा नगरभित्र सञ्चालन गरिएका गतिविधि, त्यसको प्रभाव, सफलता, चुनौती र कमजोरीबारे समिक्षा गरिएको थियो ।

Featured