Uncategorized

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौं, ८ असार-कर्णाली राजमार्गअन्तर्गत खाँडाचक्र नगरपालिका-३ को गल्लीमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । आइतबार राति भएको अविरल वर्षाका कारणले कर्णाली राजमार्गमा पहिरो गएको हो । पहिरोका कारणले कर्णाली राजमार्ग अवरुद्ध भएको र अहिले खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

सडकभन्दा माथिबाट पहिरो आएको र अहिले डोजर लगाएर खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलियाले बताए ।

Featured