Uncategorized

गुडिरहेको जिप पहिरोमा पुरियो, १ को मृत्यु, २ जना गम्भीर घाइते

गुल्मी, ७ असार-गुल्मीमा गुडिरहेको जिप पहिरोमा पुरिँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ । धुर्कोट गाउँपालिका-३ को हाडहाडेदेखि धनमुढा जाने क्रममा ग १ ज ३९९७ नं. को जीप चुना ओडारमा माथिबाट आएको पहिरोले पुरिएको हो ।

पहिरोमा परी हाडहाडेका अन्दाजी १८ वर्षका तुलसीराम काउछाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए ।

पहिरोमा परी सोही स्थानकै जिप चालक अन्दाजी २० वर्षका प्रदीप पुन र २५ वर्षका रमेश राना गम्भीर घाइते भएका छन । घाइतेहरूको उपचारका लागि अर्घाखाँची पठाइएको प्रहरीले जनाएको छ ।

जीपमा सवार अन्य ३ जनालाई सामान्य चोट लागेकाले उनीहरूलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार गरी घर पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Featured