देश सूचना/ प्रबिधि

महावीर पुनलाई पायोनियर आइसिटी अवार्ड

काठमाडौं, भदौ १-महावीर पुनले यस वर्षको पायोनियर आइसिटी अवार्ड जित्न सफल भएका छन्। सूचना प्रविधि क्षेत्रमा योगदान दिए बापट उनलाई उक्त अवार्ड प्रदान गरिएको हो। लिभिङ वीथ आइसिटी म्यागेजिनले आयोजना गरेको आइसिटी अवार्डमा पुनले उक्त अवार्ड पाएका हुन्।

चौथो संस्करणो यो अवार्डमा डायस्पोरा आइसिटी अवार्ड डा समीर मास्केले पाए। मेसिन लर्निङको क्षेत्रमा काम गर्ने फ्युज मेसिन नामक कम्पनीका संस्थापक मास्केले यो अवार्ड पाएका हुन्।

शनिबार राजधानीमा आयोजित अवार्डको फाइनल कार्यक्रममा यो वर्षको आइसिटी इन्ट्रेनप्रेनर अवार्ड भने अमित अग्रवालले पाएका छन्। खल्ती डिजिडल वालेटका प्रमुख कार्यकारी अग्रवालले यो अवार्ड पाएका हुन्।

त्यस्तै सूचना प्रविधिको प्रयोगबाट सेवा सुधार गरेको भन्दै डिजिटल गभर्नेन्स आइसिटी अवार्ड लोकसेवा आयोगलाई दिइएको छ।

त्यस्तै डिजिटल एजुकेशन अवार्ड नेपाल खुला विश्वविद्यालय,राइजिङ स्टुडेन्ट अवार्ड पुल्चोक क्याम्पसका रितेस पाण्डे/आयुस भट्टराई, प्रडक्ट आइसिटी अवार्ड मेडिको सिस्टम सर्भिसेस,स्टार्टअप आइसिटी अवार्ड इडिजिटल नेपाल,मिडिया पर्सनालिटी अवार्ड कान्तिपुर दैनिकका बिजय तिमिल्सिना र पब्लिक च्वाइस अवार्ड किताबयात्राले पाएका छन्।