राजनीति

पूर्वएमालेका ३ उपाध्यक्षलाई सचिवालयमा ल्याउन माधव नेपालको प्रस्ताव

काठमाडौँ, भदौ १–वरियतामा विवाद उत्पन्न भएपछी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पूर्व एमालेका तीनवटै उपाध्यक्षलाई सचिवालयमा ल्याउन प्रस्ताव गरेका छन्।

झलनाथ खनालले दोस्रो वरियतामा आफुलाई ल्याउन प्रस्ताव गरेपछी नेता नेपालले असन्तुष्टी जनाउँदै तत्कालिन एमालेका तीनवटै उपाध्यक्षलाई सचिवालयमा ल्याउन प्रस्ताव गरेका हुन्।

पार्टीको दोस्रो वरियतामा माधव नेपालको साटो आफूलाई ल्याउनुपर्ने झलनाथ खनालको प्रस्ताव सचिवालय बैठकमा प्रवेश गर्न नपाउँदै नेता नेपालले तत्कालीन एमालेको वरियताअनुसार नेताहरुलाई सचिवालयमा ल्याउन प्रस्ताव राखेका हुन्।

तत्कालीन उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र भीम रावल सचिवालयमा आउँदा उनीहरुको वरियता ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलको भन्दा माथि हुनेछ। तत्कालीन एमालेमा पोखरल महासचिव र पौडेल उपमहासचिव थिए।

Featured