देश

पद स्थायी होइन : प्रधानमन्त्री ओली

काठमाडौं, भदौ १–प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि पद स्थायी नहुने भएकाले आफ्नो पनि पद जाने भन्दै धैर्यता अपनाउन आग्रह गरेका छन्। उनले आफ्नो पद आगामी निर्वाचनपछि जाने भएकाले त्यतिन्जेल धैर्य गर्न आग्रह गरेका हुन्।
प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै उनले तत्काल आफ्नो सरकार ढल्ने सपना नदेख्न पनि आग्रह गरे। प्रधानमन्त्री ओलीले सडकमा आएका विरोध देखेर सरकार नडराएको स्पष्ट पारे।

उनले आफु संसदमा उभिएर बोल्दा अबरोध भएको स्मरण गर्दै समान्य त्रुटी र गल्तीका पछि नलाग्न आग्रह समेत गरे। समानुपातिक र समावेसी प्रावधानसहितको संविधान संविधानसभाबाट पाएको भन्दै उनले नेपालको संविधान लोकतान्त्रिक र उत्कृष्ट रहेको दावी गरे।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्न विभिन्न तत्व सल्बलाएको बताउँदै तिनलाई परास्त गर्ने बताए। प्रधानमन्त्री ओलीले सरकार अधिनायकबादतर्फ गयो भन्नु जनतामा निरासा फैल्याउनु मात्र भएको बताए।