देश

संविधान र गणतन्त्र रक्षाका लागि सरकार मैदानमा उत्रन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, भदौ १–प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र गणतन्त्र रक्षा निम्ति सरकार मैदानमा उत्रने चेतावनी दिएका छन्। प्रतिनिधिसभाको आइतबार जारी बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको उदारतालार्ई कमजोरी नठान्न चेतावनी दिएका हुन्।

उनल सरकारको उदारताबाट नहौसिन राजावादीहरुलाई चुनौती दिए। राजतन्त्र फर्कन लागेको दिन मात्र सरकार संविधान र गणतन्त्रको रक्षाका लागि मैदानमा उत्रने बताए।

उनले सरकारको आलोचनाका नाममा प्रणाली उल्टाउने रर प्रतिगमन गर्छु भन्ने हिम्मत कसैलाई नगर्न चेतावनी दिए। राजसंस्था ब्युँत्याउने कुरा बेमौसमको बाजा भएको बताउँदै सरकारले उदारतालाई कमजोरी ननठान्न आग्रह गरे।