देश

महिला जंगलमा मृत फेला

दाङ, भदौ १-दाङको तुलसीपुर स्थित एक सामुदायिक वनमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ अश्वारास्थित अश्वारा सामुदायिक वनमा शनिवार दिउँसो ४ वजेतिर एक महिला मृत अवस्थामा फेला परेकी हुन।

स्थानीयले वनमा महिला मृत अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए। मृतकको अहिले सम्म शनाखत हुन नसकेको प्रहरीले बताएको छ। शव केहि सडेको अवस्थामा फेला परेको हुँदा पहिचानका लागि केही समस्या भइरहेको प्रहरीले बताएको छ।

शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ।