काठमाडौं, भदौ १-इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा साविकको विजेता म्यानचेस्टर सिटी र टोटनहम हट्सपर २–२ को बराबरीमा रोकिएका छन्।
इञ्जुरी समयमा ग्याब्रिअल जेससको गोल भिडियो एसिस्टेन्ट रेफ्रि भारले मान्यता नदिएपछि सिटी बराबरीमा रोकिन बाध्य भएको हो।
सिटीका प्रशिक्षक पोप गाआर्डिवालाले आफूहरुले भारको निर्णय स्वीकारेको बताए। ‘अन्तिम समयमा आएको विजयी गोल भारले अस्वीकृत हुनु पीडादायी हो। तरपनि हामीले स्वीकार गर्नैपर्छ,’ उनले भने।
पहिलो हाफमा रहिम स्ट्रर्लिङको हेडिङसँगै सिटीले अग्रता लिएको थियो तर इरिक लाम्लेले लगत्तै टोटनहमबाट बराबरी गोल फर्काए।
केभिन डी ब्राउनीको क्रसमा सर्जियो अग्युरोले पुनः सिटीलाई अग्रता दिलाएपनि परिवर्तित खेलाडी लुकास मौराले लिभरपुलका लागि गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएका थिए।
यस सिजनको सिटीको यो पहिलो घरेलु मैदानमा भएको थियो। जहाँ उसले अंक बाड्दै निराश हुनुपर्यो। गतहप्ता सिटीले वेष्ट ह्याममाथि ५–० को जित निकाल्दै सिजनको सानदार सुरुवात गरेको थियो।
प्रतिक्रिया दिनुहोस