विदेश

काबुलमा शक्तिशाली विस्फोट, ६३ जनाको मृत्यु

एजेन्सी, भदौ १–अफगानिस्तानको राजधानी काबुलमा एउटा विवाह समारोहमा भएको शक्तिशाली बम विस्फोटमा परेर ६३ जनाको मृत्यु भएको छ भने अन्य १८० जनाभन्दा बढी घाइते भएका छन्।

एक जना आत्मघाती बम हमलाकारीले विवाह समारोहमा विस्फोट गराएका थिए। विस्फोटनपछि धेरै मानिस हताहत भएको देखेको प्रत्यक्षदर्शीले बताएका छन्। स्थानीय समयअनुसार राती १० बजेर ४० मिनेटमा काबुलको पश्चिम भागमा रहेको शिया मुस्लिम बहुल क्षेत्रमा विस्फोट भएको थियो।

तालिबान, इस्लामिक स्टेट समूह र सुन्नी मुस्लिम विद्रोहीहरूले अफगानिस्तान र पाकिस्तानमा रहेका शिया हजारा अल्पसंख्यकहरूलाई बारम्बार निसाना बनाउने गरेका छन्।

Featured