देश

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ

झापा, साउन ३२-मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार रहेका प्रतिवादी गौरीगंज गाउँपालिका-४ घर भएका २५ वर्षीय दिपक प्रसाद गिरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।

विसं २०६८ माघ २३ गते जिल्ला अदालत झापाको फैसलाले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा १ वर्ष कैद सजाय ठहर भई फरार रहेका गिरीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।