देश

चितवनको माहोल अझ तात्दै, ज्ञानेन्द्र शाही र रमेश प्रसाई पनि प्रदर्शनमा सहभागि

चितवन, साउन ३२–चितवनको माहोल अझै तात्दै गएको छ। चर्को घाम अनि गर्मीका बाबजुद पनि रवि लामिछानेका समर्थकहरु सडकमा उत्रिरहेका छन्। शुक्रवारको तुलनामा शनिवार प्रर्दशनकारीहरुको संख्या बढि छ।

घाम र गर्मीको प्रवाह नगरी प्रर्दशनकारीहरु विहानैदेखी जिल्ला प्रहरी कार्यालय चितवनको गेट अगाडी प्रर्दशनमा उत्रिएका हुन्। निर्दोष व्यक्तिलाई फसाउन खोजिएको भन्दै सञ्चारकर्मी लामिछानेका समर्थकहरु आन्दोलित बनेका हुन्। प्रर्दशनकारीहरुले केपी चोर देश छोड, केपी प्रचण्ड मुर्दावाद, चितवनका एसपीलाई पक्राउ गर, एसपी मल्ल मुर्दावाद, हाम्रो रवि हाम्रो देश प्राण भन्दा प्यारो छ भन्ने नारा लगाउँदै प्रदर्शन गरिरहेका छन्।

प्रर्दशनकारीहरु छाता ओढेरै आन्दोलनमा सहभागी छन्। भ्रष्टचार विरुद्धको अभियानमा लागेका ज्ञानेन्द्र शाही, रमेश प्रसाई लगायतको टोली बाहिर जिल्लाबाट चितवन आएपछि यहाँको माहोल झनै तात्दै गएको भान हुन्छ। हजारौको संख्यामा उपस्थित रविका समर्थकहरुले अहिले भरतपुरमा र्याली निकालेका छन्।

ज्ञानेन्द्र शाही र रमेश प्रसाईको उपस्थितमा निकालिईएको र्यालीमा प्रर्दशनकारीहरुले प्रहरी प्रशासन, सरकार विरुद्ध चर्को नारा लगाईरहेका छन्। नारावाजी गरिरहेका वेला शनिवार गस्तीबाट कार्यालय तर्फ आउँदै गरेको प्रहरीको भ्यान माथी प्रर्दशनकारीहरुले ढुंगा प्रहार गरेपछि केही वेर यहाँको स्थिती तनावग्रस्त बनेको थियो।

प्रर्दशनकारीलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गर्दै चार सेल अश्रुग्याँस समेत प्रहार गरेको थियो। पत्रकार शालिकराम पुडाशैनीले आत्महत्या गर्नु अघि रेकर्ड गरिएको भिडियोमा संचारकर्मीहरु रवि लामिछाने, युवराज कडेंल र अर्की एक महिला अस्मिता कार्कीकै कारण आत्महत्या गर्नु परेको बताएका थिए। त्यसपछि प्रहरीले उनीहरुलाई काठमाडौबाट पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।