देश

कांग्रेस नेता वडुले भेटे रवि र चितवन एसपीलाई

चितवन, साउन ३२–पत्रकार शालिकराम पुडासैनी हत्याकाण्डमा नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद वडुले चितवनका एसपी र थुनुनामा रहेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेसँग भेट गरेका छन्। सरकारलाई खबरदारी गर्न कांग्रेसले केही महिना अघि गठन गरेको छाँया सरकारका गृहमन्त्री समेत रहेका वडुले चितवनका एसपी र प्रमुख जिल्ला अधिकारीलाई भेटेर निष्पक्ष छानविन गर्न आग्रह गरेका छन्।

भेटपछि नेता बडुले पूर्वाग्रह नराखी छानविन गर्न माग गरे । उनले जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका रवि लामिछानेलाई समेत भेट गरेका छन् । रविले पनि निश्पक्ष छानबिनमा सघाउन तयार रहेको बताएको उनले जानकारी दिए। शुक्रवार जिल्ला अदालत चितवनले लामिछानेका साथै युवराज कँडेल र अस्मिता कार्कीलाई पाँच दिन थुनामा राख्न आदेश दिएको थियो। प्रहरीले १० दिनको म्याद मागेपनि जिल्ला अदालत चितवनका विनोदकुमार गौतमको इजलासले बिहीवारको मितिबाट थप पाँच दिन अनुसन्धानको थुनामा राख्न अनुमति दिएको थियो।