देश

जीप दुर्घटनामा एक जनाको मृत्यु

जनकपुर, साउन ३२–सप्तरीको कञ्चनरुप नगरपालिका–११ बक्साह चोकमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पत्रकार डायल्सन अधिकारी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

मृतक अधिकारी रेडियो नेपालका बुटवल संवाददाता हुन्। रुपन्देहीको तिलोत्तमा नगरपालिकाको जीपमा उनी सवार थिए। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा१६च २२३५ नम्बरको जीपमा ५ जना यात्रु सवार रहेका प्रहरी असई सचितानन्द यादवले बताए। जीपमा सवार अन्य घाइतेको विराटनगरस्थित नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Featured