देश

शालिकरामले न्याय पाउनुपर्ने भन्दै भरतपुरमा युवाहरुको र्याली

चितवन, साउन ३२ं– पत्रकार शालिकराम पुडासैनीको न्याय र दोषीलाई कारबाहीको माग गर्दै चितवनको भरतपुरमा युवाहरुले र्याली निकालेका छन्। दोषीमाथि कडा भन्दा कडा कारबाही होस भन्दै विभिन्न नाराबाजीसहित युवाहरु सडकमा निक्लिएका हुन्।

यता पत्रकार पुडासैनीको मृत्यु प्रकरणपछि अनुसन्धानका लागि भन्दै थुनामा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछानलगायतलाई विनासर्त रिहाई गर्नु पर्ने भन्दै रविका समर्थकहरुले हिजो (शुक्रबार) प्रदर्शन गरेका थिए। जिल्ला प्रहरी कार्यालय चितवन अगाडि प्रर्दशनमा उत्रिएका पत्रकार रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप नै भएको थियो । दर्शन नियन्त्रण गर्नेक्रममा प्रहरीले ५ जना समर्थकलाई पक्राउ गरेको थियो भने झडपमा परी पाँच प्रहरी घाइते भएका थिए । उक्त झडपमा प्रहरीले केही राउण्ड अश्रुग्याँससमेत प्रहार गरेको छ । कार्यालयमै ढुङ्गामुडा गरेपछि अश्रुग्याँस प्रहार गरेको थियो ।

आज (शनिबार) पनि रविका समर्थकहरु चितवन जाने क्रम जारी नै छ । जिल्ला अदालत चितवनले शुक्रबार रविसहित युराज कँडेल र अस्मिता कार्कीलाई अनुसन्धानका लागि ५ दिन थुनामा राख्न अनुमति दिएको छ ।

सोही अनुसार लामिछाने, कँडेल र कार्कीलाई अपराधसंहिता २०७४ अनुसार अनुसन्धान तथा कारबाही थालिएको छ । अपराधसंहिता २०७४ को १८७ अनुसार कुनै अपराधका लागि दुरुत्साहन गरेको पाइए यसलाई फौजदारी कसुर मानिन्छ । ऐनको भाग २ को परिच्छेद १२ को धारा १८५ मा यस्तो कसुर गर्नेलाई ५ वर्षसम्म कैद र ५० हजार रुपेयाँ सम्म जरिवाना गर्ने उल्लेख छ ।

Featured