राजनीति

संविधान संशोधन नभए संसद र सडकमा संघर्ष : उपप्रधानमन्त्री यादव

पोखरा, साउन ३१–नेपाल सरकारका उपप्रधानमन्त्री एवम् समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनमा आशंका व्यक्त गरेका छन्। समाजवादी पार्टी गण्डकी प्रदेश समितिले शुक्रबार पोखरामा गरेको पार्टी समायोजन तथा सपथ ग्रहण कार्यक्रममा उपप्रधानमन्त्री यादवले आल टाल गरिरहेको अहिलेकोे वर्तमान सरकारले संविधान संशोधन गर्नेमा शंका लाग्दै गएको बताएका हुन्।

उनले आफुहरु संविधान संशोधन गर्ने शर्तमा सरकारमा सहभागि भएको बताउँदै सरकार गठन भएको लामो समय भइसक्दा पनि सम्झौता बमोजिम संविधान संशोधन नगरिँदा शंका लागेको बताए। उनले दुई तिहाईको सरकारले मात्र संविधान संशोधन गर्न सक्ने भएकालेनै नेकपासँग सम्झौता गरेर सरकारमा सामेल भएपनि सरकारले आलटाल गरिरहेको बताए ।

उपप्रधानमन्त्री यादवले अब पनि संविधान संशोधन प्रकृया अडाडी नबढाए आफुहरु सरकारमा नबस्ने चेतावनी दिए। सरकारले संविधान संशोधन नगरे सरकार छाडेर आफुहरु संघर्षमा सडक र संसदमा उत्रने चेतावनी दिए। संविधान संशोधनका लागि सत्तापक्षको दुई तिहाइ मत र्पुयाउन सरकारमा बसिरहेको यादवको भनाइ छ। उपप्रधानमन्त्री यादवले देश संघीयतामा गए पनि प्रदेशलाई अधिकार दिन कञ्जुस्याइँ गरेर संघीयता समाप्त गर्ने काम भइरहेको आरोप लगाए।

Featured