राजनीति

नेकपामा अब उपाध्यक्ष पनि, वामदेवले पाए जिम्मेवारी

काठमाडौं, साउन ३१–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उपाध्य पद सृजना गरिएको छ। शुक्रबार बसेको सचिवालय बैठकले नेता वामदेव गौतमलाई समेट्नका लागि उपाध्यक्ष पद सृजना गरेको ।

बैठकले सो पद सृजनासँगै त्यसको जिम्मेवारी नेता गौतमलाई दिएको छ । यसअघि सो पार्टीमा उपाध्यक्ष पदको व्यवस्था नै गरिएको थिएन। आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतमकै लागि उपाध्यक्ष पद सिर्जना गरेर सोको जिम्मेवारी दिने प्रस्ताव बैठकमा राखेका थिए।

पार्टीका दुवै अध्यक्षको प्रस्तावमा सचिवालयका सदस्यहरूले सहमति जनाएका छन्। उनलाई उपाध्यक्षको जिम्मेवारी दिने औपचारिक निर्णय भने स्थायी कमिटी बैठकले गर्नेछ। सचिवालयको निर्णयअनुसार गौतमलाई उपाध्यक्षको जिम्मेवारी दिने प्रस्ताव स्थायी कमिटीमा अब लगिने जनाइएको छ ।

Featured