देश विचार-ब्लग

नर्स दिवसको शुभकामना !

वर्षा शर्मा /आज अन्तराष्ट्रिय नर्स दिवसमा विश्वभर कार्यरत सम्पूर्ण नर्सहरुलाई हाम्रो पेशाको स्तर बढाई विश्वसामु ‘सेवा’ को पेसा भनि चिनारी दिनुहुने सम्पूर्णलाई शुभकामना ! आफ्नो ज्यानको सुरक्षा नभनि बिरामी, घाइते तथा अशक्त लागि सेवागरि आफ्नो पेशालाइ निरन्तरता दिनु भनेको निकै गर्वलायक कुरा हो, जुन काम जोकोहिले गर्न सजिलो छैन ।

हिँजो आज मानिसहरुले यो पेशा राम्रोसँग नबुझेपनि यसको महत्व थोरै पनि घटेको छैन । युद्धका समयमा होस या माहामारी फैलँदा । रोग लाग्दा उपचार, निधनहुँदा होस या उपचार गर्दा अग्र पंङ्तीमा उभिएर सेवामा तत्पर रहने हामी नर्सनै हौँ भन्नेकुरामा कुनै दुइमत छैन ।

विश्वव्यपापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) उपचारमा सेवागरी बस्नुहुने सबैलाई सम्मान छ । यतिबेला दैनिक कोरोना संक्रमणको संख्या बढ्दो छ । यस्तो अवस्थामा पनि सेवा दिनुहुने सबैको सुस्वास्थ्य को कामना र सबैजना आफु सुरक्षित भइ स्वास्थ्यकर्मीलाइ सहयोग गर्न अनुरोध गर्दछु । अवको दिनमा माहामारी घट्दै जाओस भन्ने कामना !

Featured