राजनीति

नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवासमा जारी

काठमाडौं, साउन ३१– दिउँसोका लागि डाकिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा विहान ११ बजेदेखीनै सुरु भएको छ।

पटक–पटक स्थगित हुँदै आएको बैठक बिहिबार पनि प्रधानमन्त्री ओलीलाई ज्वरो आएपछी स्थगित भएको थियो। शुक्रबार दिउँसोका लागि बोलाइएको बैठक प्रधानमन्त्रीको स्वास्थ्य सामान्य भएपछी बिहान ११ बजेपछिदेखी नै बालुवाटारमा सुरु भएको हो।

सचिवालय बैठक बस्नुअघि अहिले प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो। प्रधानमन्त्रीले शुक्रबार बिहान गृह जिल्ला झापाबाट आएका प्रतिनिधिहरूसँग पनि भेटेका थिए। पार्टी एकीकरण प्रक्रियाको बाँकी काम टुंगो लगाउने विषयमा नेकपा दुई अध्यक्ष निरन्तर छलफलमा भए पनि सहमति भने हुन सकिरहेको छैन।

Featured