राजनीति

नेकपा प्रदेश ५ का प्रमुख सचेतकको घरमा बम विस्फोट

बुटवल, साउन ३१–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं. ५ का प्रमुख सचेतकको घरमा अज्ञात समुहले बम विस्फोट गराएको छ। प्रदेश नम्बर ५ को प्रदेश सभाका नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा अज्ञात समुहले पेट्रोल बम विस्फोट गराएको हो।

ढकालको घरमा गएराति तीनवटा पेट्रोल बम प्रहार भएको र त्यसले उनी चढ्ने गाडीमा क्षति पुगेको प्रहरीले जानाएको छ। ढकाल विरामी भएर उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पतालमा रहेका बेला विस्फोट गराएको हो।

सैनामैना–८ रामापुर कलौनीमा रहेको उनको घरमा पत्नी, बाबाआमालगायत परिवारका सदस्यहरु छन्। ढकाल सुत्ने कोठासम्म बम प्रहार भएपनि बिस्फोट नभएकाले कुनै मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ। उनले प्रयोग गर्ने लु १ झ ४५६ नम्बरका गाडीको पछाडिको भाग जलेर क्षतिग्रस्त भएको छ। घटना विप्लव समुहले गराएको आशंका गरिएको छ।

Featured