मनोरंजन विदेश

बलिउड अभिनेत्री विद्या सिन्हाको निधन

मुम्बई, एजेन्सी, साउन ३०–सन् १९७०-८० दशककी बलिउडको चर्चित अभिनेत्री विद्या सिन्हाको ७१ बर्षको उमेरमा निधन भएको भएको छ। ७१ वर्षीया सिन्हाको बिहीबार निधन भएको हो। मुम्बईको जुहूस्थित क्रिटीकेयर अस्पतालमा उनले आज करिब १२ बजे अन्तिम सास फेरेकी हुन्।

भारतीय समाचारले अनुसार उनी फोक्सो र मुटको समस्याबाट पीडित सिन्हाको केही दिनदेखि मुम्बइको जुहुस्थित एक अस्पतालमा उपचार भइरहेको थियो। स्वस्थ्य अवस्था खराब हुँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो।

विद्याले छोटी बात, रजनीगन्धा, तुम्हारे लिए, पति पत्नी और वो, मुक्ति, इनकार, स्वयंबर, मगरुर और सफेद झुट जस्ता कयो फिल्ममा अभिनय गरेकी थिइन्। उनी रिल लाइफको अलवा रियल लाइफमा पनि चर्चामा रकेही थिइन्। उनका ‘छोटीसी बात’, ‘रजनीगन्ध’, ‘पति पत्नी औ वो’, ‘मुक्ति’ लगायतका फिल्म चर्चित मानिन्छन्।

Featured