शिक्षा

त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिकाको शुल्क पुनरावलोकन नगर्ने

साउन ३० । त्रिभुवन विश्वविद्यालयले उत्तर पुस्तिका र प्रतिलिपिल शुल्कमा पुनरावलोकन नगर्ने भएको छ । विद्यार्थीले उत्तरपुस्तिका हेर्दा र प्रतिलिपि लिँदा लाग्ने शुल्कमा पुनरावलोकन गर्न नसकिने बताउँदै त्रिभुवन विश्वविद्यालयले राष्ट्रिय सुचना आयोगलाई पत्र पठाएको हो ।

शैक्षिक प्रशासन तथा संगठनसम्बन्धी नियम २०५० अनुसारनै कार्यकारी परिषदले शुल्क तोकेकाले त्यसलाई पुनरावलोकन गर्न नसकिने जनाउँदै आयोगलाई त्रिविले पत्र पठाएको हो ।

Featured