खेलकुद विदेश

वेस्ट इन्डिजविरुद्धको एकदिवसीय क्रिकेट सिरिज भारतद्वारा कब्जा

काठमाडौं, एजेन्सी, साउन ३०-वेस्ट इन्डिजविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज भारतले कब्जा गरेको छ। कप्तान विराट कोहलीको उत्कृष्ट शतकसँगै वेस्ट इन्डिजविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज भारतले जितेको छ। बिहिबार बिहान भएको दोस्रो खेलमा पाहुना टोली भारतले वेस्ट इन्डिजलाई डकवर्थ लेविसका आधारमा ६ विकेटले हरायो। यससँगै भारतले सिरिज २–० ले जितेको हो।

वर्षाको कारण अवरुद्ध भएपछि खेल ३५ ओभरमा झारिएको थियो। भारतले ३५ ओभरमा जितको लागि दुई सय ५५ रनको लक्ष्य पाएको थियो। भारतले ३२.३ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो।

भारतको जितमा कप्तान विराट कोहलीले अविजित एक सय १४ रन बनाए। सानदार शतक प्रहार गर्ने क्रममा कोहलीले ९९ बलमा १४ चौका हानेका थिए। कोहरीको यो एकदिवसीय खेलमा ४३औं शतक हो। युवा खेलाडी श्रेयस ऐरले ६५ रन बनाए। केदार जाधवले अविजित १९, शिखर धवनले ३६ र ओपनर रोहित शर्माले १० रन बनाए। वेस्ट इन्डिजका एवियन एलिनले दुई तथा केमर रोचले एक विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ३५ ओभरमा सात विकेटको क्षतिमा दुई सय ४० रन बनाएको थियो । वेस्ट इन्डिजले २२ ओभरमा दुई विकेटको क्षतिमा एक सय ५८ रन बनाउँदा वर्षा सुरु भएको थियो। त्यसपछि खेल ३५ ओभरमा झारिएको थियो। वेस्ट इन्डिजका लागि ओपनर क्रिस गेलले ७२ रन बनाए।

इभिन लुईसले ४३, निकोलस पुरनले ३०, शिमरोन हिटमायरले २५, साई होपले २४, कार्लोस वर्थवेटले १६ र जोसन होल्डरले १४ रन बनाए। भारतका मोहम्मद खलील अहमदले तीन विकेट लिए। मोहम्मद शामीले दुई, युजभेन्द्र चाहल र रविन्द्र जडेजाले एक एक विकेट लिए। पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो। दोस्रो खेलमा पनि भारत डकवर्थ लेविसका आधारमा ५८ रनले विजयी भएको थियो। यी टोलीबीच अब दुई टेस्ट खेल हुनेछ।

Featured