विदेश

ऋतिक रोशन संसारकै सबैभन्दा ‘हेण्डसम’ पुरुषमा पर्न सफल

काठमाडौं, एजेन्सी, साउन ३०-बलिवुड सुपरस्टार ऋतिक रोशन संसारकै हेयाण्डसम पुरुष बन्न सफल भएका छन्। रोशन हिजो अगस्ट २०१९ मा भएको ‘टप ५ मोस्ट हेण्डसम मेन इन द वल्र्ड’ को शीर्ष स्थानमा पर्न सफल भएका हुन्।

उनका ३० वटा फिल्म बक्स अफिसमा सुपरहिट बन्न सफल भएका छन्। फिल्म ‘सुपर ३०’ मा आनन्द कुमारको भूमिका निभाएका ऋतिकलाई उक्त फिल्ममा साधारण शिक्षकको भूमिकामा देख्न सकिन्छ। यति साधारण भूमिका पनि सहजै निभाउन सक्ने ऋतिकलाई उनको व्यक्तित्व र लगनशिलताका कारण विश्वकै सबैभन्दा हेण्डसम पुरुषको उपाधि प्राप्त भयो।

Featured