देश

आजको विदेशी मुद्राको विनिमय दर हेर्नुहोस्

काठमाण्डौ, साउन २९-आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५५ पैसा तोकेको छ। त्यस्तै आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३१ रुपैयाँ ४६ पैसा तोकेको छ।

आज साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३८ पैसा र बिक्रीदर ३० रुपैयाँ ५४ पैसा छ। भने यूएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ २ पैसा र बिक्रीदर ३१ रुपैयाँ १९ पैसा पुगेको छ। मलेसियन रिगिंट १ को खरिददर २७ रुपैयाँ १४ पैसा र बिक्रीदर २७ रुपैयाँ २९ पैसा छ। यस्तै बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३०३ रुपैया ८४ पैसा रहेको छ।

भने कोरियन वन आज १ सयको खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३७ पैसा तोकेको छ। बुधबार कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ७४ पैसा रहेको छ।