काठमाडौं, साउन २९-यातायात व्यवस्था विभागले लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा अनिवार्य २ चालक राखेर नचलाए व्यवसायी (काडी मालिक या कम्पनी) लाई कारबाही गर्ने चेतावनी दिएको छ।
लामो दूरीमा एक जनामात्र चालक हुँदा बस त्रिशुली नदीमा खसेर दुर्घटनामा परेपछि विभागले मंगलबार सूचना जारी गरी २ चालक हुनुपर्ने कानुनी व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने जनाएको हो।
लामो दूरीमा चल्ने गाडीमा दुई जना चालक भए/नभएको मुलुकभर अनुगमन गरिने विभागले जनाएको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।
प्रतिक्रिया दिनुहोस