काठमाडौं, साउन २८-युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ। उनले क्यारेबियन प्रिमियर लिग खेल्न जान को लागि अमेरिकाको भिसा आवेदन दिएका थिए। तर, दूतावासले उनको भिसा आवेदन सिधै अस्वीकार गरेको छ।
‘मेरो भिसा रिजेक्ट हुँदा म आश्चर्यमा परेको छु’, उनले पीएम नेपाललाई मेन्सन गर्दै ट्वीट गरेका छन्। आफूले आवश्यक सबै कागजपत्र पेश गर्दा पनि भिसा नपाएको सन्दीपको गुनासो रहेको छ।
प्रतिक्रिया दिनुहोस