देश

आरक्षण बचाउ आन्दोलनका ११ जना सहभागी पक्राउ

काठमाडौं, साउन २६-सिंहदरबार घेराउ गर्न भन्दै काठमाडौंको भद्रकालीमा भेला भएका आरक्षण बचाउ आन्दोलनका सहभागी ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। लोकसेवा आयोगले स्थानीय तहमा पदपूर्तिका लागि गरेको विज्ञापन खारेजीको माग राख्दै आन्दोलन गरिरहेको आरक्षण बचाउ आन्दोलनले आइतबार सिंहदरबार घेराउको कार्यक्रम राखेको थियो।

भद्रकालीबाट सिंहदरबारतर्फ अघि बढ्ने क्रममा आन्दोलनमा सहभागी नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याल, नेता कुमार लिंदेन, दलमद्र्धनकामीसहित ११ जना पक्राउ परेका हुन्। पक्राउ परेका सम्पुर्णलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ।