देश

आज सुन चाँदीको मूल्य यस्तो छ हेर्नुहोस्

काठमाडौँ, साउन २६-सुनको भाउ नेपाली बजारमा आकाशीयको छ। सनिबार र आज आइतबार भने सुनको भाउ स्थिर रहेको छ। अघिल्लो साता लगातार बढेर शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार कायम भएको थियो।

आज पनि सोहि मूल्य कायम रहेको छ । छापावाल सुनको प्रतितोला ७० हजारमा कारोबार भइरहेको छ भने, तेजाबी सुन प्रतितोला ६९ हजार सात सयमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ८ सय २५ रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Featured