विदेश सूचना/ प्रबिधि

सामसुङद्वारा १ सय ८ मेगापिक्सेल क्यामेरा भएको स्मार्टफोन बजारमा ल्याउँदै

काठमाडौं, एजेन्सी, साउन २६-बजारमा अहिले अधिकतम ४८ मेगापिक्सेल क्षमताको क्यामरा भएका स्मार्टफोन उपलब्ध छन्। यो सूचीमा चाँडै नै ६४ मेगापिक्सेलवाला स्मार्टफोन पनि थपिनेवाला छन् किनकि, रियालमी तथा शाओमीले ६४ मेगापिक्सेल क्यामरायुक्त स्मार्टफोन ल्याउँदैछन्।

बढीभन्दा बढी मेगापिक्सेलवाला क्यामराको यो दौड यत्तिमै रोकिनेवाला छैन। किनकि दक्षिण कोरियाली कम्पनी सामसुङले निकट भविष्यमै १ सय ८ मेगापिक्सेल क्यामरायुक्त स्मार्टफोन ल्याउन लागेको छ।

सोमबार अगष्ट १२ का दिन सामसुङले १ सय ८ मेगापिक्सेल क्यामराको स्मार्टफोन सार्वजनिक गर्न लागेको छ। सामसुङले ट्वीटरमा एक आधिकारिक पोस्टर अपलोड गर्दै यसको जानकारी गराएको हो।

गत महिना एउटा खबर आएको थियो, जसअनुसार सामसुङको १०८ मेगापिक्सेल क्यामराको स्मार्टफोन सन् २०२० मा लञ्च हुने बताइएको थियो। तर सामसुङले त्यो मितिभन्दा निकै छिटो गरी उक्त स्मार्टफोन ल्याउने भएको हो।

Featured