देश

कपिलवस्तु स्थित मायादेवी गाउँपालिका अध्यक्षको गाडीमा आगजनी

कपिलबस्तु, साउन २६-कपिलवस्तु स्थित मायादेवी गाउँपालिका अध्यक्ष बजरंगी चौधरीको लु १ झ ४०० नम्बरको सरकारी गाडीमा आगजनी भएको छ। सदरमुकाम तौलिहवामा रहेको भाडाको निवास अगाडि पार्किङमा राखिएको गाडीमा राति आगजनी भएको हो।

आगजनीका कारण गाडी जलेर पूर्ण रुपमा क्षति भएको छ। कपिलवस्तु नगरपालिकाको दमकलले आगो निभाएको थियो। आगजनी किन र कसले गरे भन्ने थाहा नभएको अध्यक्ष चौधरीले बताए।