मनोरंजन विदेश

भारतको राष्ट्रिय फिल्म पुरस्कारमा ‘हेल्लारो’ सर्वोत्कृष्ट फिल्म घोषित

काठमाडौं, एजेन्सी, साउन २५-भारत सरकारले देशभरीका सबैजसो भाषामा बन्ने फिल्मलाई समेटेर प्रदान गर्ने राष्ट्रिय फिल्म पुरस्कार शुक्रबार घोषणा गरेको छ।

शुक्रबार दिल्लीको शास्त्री भवनमा आयोजित एक कार्यक्रममा राष्ट्रिय फिल्म पुरस्कारको ६६ औं संस्करणका विजेताहरु सार्वजनिक गरिए।

त्यसमा सन् २०१८ मा भारतभरी प्रदर्शनमा आएका फिचर फिल्ममा गुजराती भाषाको फिल्म ‘हेल्लारो’ सर्वोत्कृष्ट भयो।
हिन्दी भाषी फिल्महरुमध्य भने सर्वश्रेष्ठ फिल्मको सम्मान ‘अन्धाधुन’ फिल्मले पाएको छ। अन्धाधुनको निर्देशन श्रीराम राघवनले गरेका हुन्।

त्यस्तै सोही फिल्मका प्रमुख अभिनेता आयुष्मानले भारतभरीका फिल्ममा सर्वोत्कृष्ट अभिनेताको घोषित भएका छन्। खुरानासँगै ‘उरीः द सर्जिकल स्ट्राइक’का अभिनेता विक्की कौशललाई यो पुरस्कार संयुक्त रुपमा प्रदान गरिएको थियो।

सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार भने तेलुगू फिल्मको ‘महानटी’की अभिनेत्री कीर्ति सुरेशले पाएकी छिन्।