मनोरंजन विदेश

जब काजोलले रानीलाई फिल्मबाट हटाउन दबाब दिएपछि

काठमाडौं, एजेन्सी, साउन २५-भारतीय फिल्म क्षेत्रमा ९० औं दशकमा बहुचर्चित काजोलले थुप्रै सुपरहिट फिल्ममा काम गरिन्। विशेषगरी उनलाई शाहरुख खानसँग निकै रुचाइयो। शाहरुख र काजोलले साथमा थुप्रै सुपरहिट फिल्म खेले। यो जोडी अझै पनि दर्शकको मन र मस्तिष्कमा बसिरहेको छ।

तर, पछिल्लो समय शाहरुख फिल्ममा जति सक्रिय छन् त्यति काजोल छैनन्। उनले पछिल्लो समय फिल्म खेल्न नै छोडेकी छिन्। फिल्मबाट टाढा रहेपनि सामाजिक सञ्जालमार्फत चर्चामा आइरहने काजोलका जीवनमा थुप्रै विवादास्पद क्षणहरु छन्।

विभिन्न विषयमा विभिन्न समयमा उनी विवादित पनि उत्तिकै बनिन्। फिल्म ‘कुछ कुछ होता है’ निकै चर्चामा रह्यो। यो फिल्म मन नपराउने सायदै कोहि होला। काजोल, रानी र शाहरुख खानको त्रिकोणात्मक प्रेममा आधारित फिल्मले धेरै दर्शकको मनमा बास बसेको थियो। तर, यही फिल्मबाट रानी र काजोलबीच शीत युद्ध शुरु भयो। उक्त फिल्मका लागि काजोलसँगै रानीलाई लिइयो। तर, काजोलले रानीलाई फिल्मबाट हटाउन करन जोहरलाई दबाब दिइन्। तर फिल्म डिस्ट्रीब्यूटर आदित्य चोपडाले रानीलाई हटाएनन्। यसपछि रानी र काजोलको दुश्मनी पक्का भयो।

Featured