काठमाडौं, साउन २४-ओमानमा अक्टोबर ५ देखि १० सम्म हुने ५ देश सहभागी टि-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपाल सहभागी हुने पक्का भएको छ।
प्रतियोगितामा आयोजक ओमानसँगै आयरल्यान्ड, नेपाल, हङकङ र नेदरल्यान्डले प्रतिस्पर्धा गर्ने नेपाली टोलीका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए।
नेपालको पहिलो खेलमा नोभेम्बर ६ का दिन हङकङसँग हुनेछ। यस्तै नेपालले नोभेम्बर ७ मा नेदरल्याण्ड्स, नोभेम्बर ९ मा आयरल्याण्ड्स तथा नोभेम्बर १० मा आयोजक ओमानसँग खेल्नेछ।
प्रतिक्रिया दिनुहोस