देश

कोकाकोलाद्वारा जिग्री प्याक सार्वजनिक

काठमाडौं, साउन २४-पेय पदार्थको दुनियाँमा ख्यातिप्राप्त ब्राण्ड कोकाकोलाले २५० एमएलको फुच्चे जिग्री प्याकलाई शुक्रबार काठमाडौँको होटल याक एण्ड यतिमा एक बिशेष कार्यक्रम बीच सार्वजनिक गरेको छ। उक्त फुच्चे जिग्री प्याक हलुका र बोक्न सहज रहेको कार्यक्रममा सार्वजनिक गरेका छन्।

कोकाकोलाले आफ्नो पछिल्लो सानो प्याकलाई सबैको साथी जस्तै भएको भन्दै ‘जिग्री’ नाम दिएको जनाएको छ। जिग्री प्याकमा प्याकेजिङ उद्योगकै नवीनतम प्रविधि प्रयोग गरिएको कोकाकोलाले जनाएको छ कार्यक्रममा जनाएको छ।

जिग्री प्याक वातावरणमैत्री सानो बोत्तल हो जो पुन: प्रयोग गर्न सकिन्छ। कोकाकोलाले हलुका, पुन:शिलबन्दि गर्न मिल्ने, लाइटवेट तथा नफुट्ने बोतल भएको पेय पदार्थ प्रदान गर्न यो प्रविधि प्रयोग गरेको जनाएको छ। जसको आयु ६ महिनाको हुने उल्लेख छ।

उपभोक्ताले यो सानो प्याकको पेय पदार्थ अन्तर्गत कोकाकोला, स्प्राइट र फ्यान्टा प्रति बोतल रु ४० मा खरिद गर्न सक्नेछन। नेपालमा जिग्री प्याक सार्वजनिक गरेको अवसरमा नेपालका लागि कोकाकोलाका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने ‘हामी ग्राहकहरुका लागि कोका-कोला, स्प्राइट र फ्यान्टाको उपयुक्त प्याक ल्याउन पाउँदा अत्यन्त खुसि छौं। जिग्री प्याकले ग्राहकले हाम्रो ब्राण्डप्रति देखाएको मायान्का लागि म आभार प्रकट गर्दछु र मलाई बिश्वास छ कि ग्राहकले जिग्री प्याकलाई पनि उत्तिकै मन पराउनुहुनेछ।’

त्यस्तै बोटलर्स नेपालका म्यानेजिङ डाइरेक्टर प्रदीप पाण्डेले भने ‘बोटलर्स नेपालले नेपालमा स्टेट अफ आर्ट प्रोडक्ट लाइनमा लगानी गर्न पाउँदा निकै प्रसन्न छौं र हामी जिम्मेवार र दीगो व्यवस्थापनमा प्रतिवद्ध छौं। यो नवीनतम प्रविधि मार्फत हामी वातावरणमैत्री बन्नका साथै उपभोक्तालाई पनि सुविधा प्रदान गर्न सक्छौं।’