देश

स्वयम्भुमा गोली चल्दा एक जना घाइते

काठमाडौं, साउन २४-शुक्रबार स्वयम्भुमा महानगरीय अपराध महाशाखा काठमाडौबाट खटिएको प्रहरी टोलीले लुटेरामाथि गोली चलाएदा लुटेरा घाइते भएको छ।

स्वयम्भुमा रहेको झिगु क्याफेमा लुटेरालाई पक्राउ गर्ने क्रममा प्रहरीले दुई राउन्ड गोली चलाएको थियो।

प्रहरीको गोली लागेर लुटेरा मिलन तामाङको घोडामूनी गोली लागि घाइते भएका र अर्का लुटेरा रामेछाप स्थायी घर भएका अमृत तामाङ पनि पक्राउ परेका अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए।

घटनाबारे थप जानकारी आउन बाँकी छ।

Featured