देश

विषादी सेवन गरी दाङमा चार दिनमा चार जनाद्वारा आत्महत्या

दाङ, साउन २४-पछिल्लो चार दिनमा दाङमा विषादी सेवन गरेर चार जनाले आत्महत्या गरेका छन्। गत राती तुल्सीपुर उपमहानगरपालिका–१२ क्वाङगीका जलबहादुर चौधरीकी १२ वर्षीया दिपिक्षा चौधरीको विषादी सेवन गरी मृत्यु भएको हो।

उनी सहित उक्त विषादी सेवन गरि पछिल्लो चार दिनमा चार जनाको ज्यान गएको दाङ प्रहरीले जनाएको छ। चौधरीको उपचारको क्रममा ज्यान गएको र उनको शव प्रादेशिक अस्पताल दाङ्गमा राखिएको शाहले बताए।

यसअघि विषादी सेवन गरेर तुल्सीपुर उपमहानगरपालिका–३ बेलुवाका ३७ वर्षीय मिनबहादुर बिक, सोही नगरपालिका–१९ बिजौरीकी ५० वर्षीया बमकुमारी रोका र राजपुर गाउँपालिका–३ गंगदीकी २१ वर्षीया मिरा चौधरीको मृत्यु भएको थियो।

Featured