देश

नक्कली नोट कारोबार गर्ने पक्राउ

कैलाली, साउन २४-फरक फरक मितिमा धनगढी र काठमाडौंबाट नक्कली नोट र त्यसको छपाइ मेसिनसहित पक्राउ परेका ७ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। धनगढी र काठमाडौंबाट विभिन्न मितिमा पक्राउ परेका ७ नक्कली नोटका कारोबारीलाई जिल्ला प्रहरी कार्यालय, कैलालीले शुक्रबार बिहान सार्वजनिक गरेको हो।

नक्कली नोट बनाउने कार्यमा संलग्नको आरोपमा पक्राउ परेकामा चुरे गाउँपालिका–१, कैलालीका २५ वर्षीय खग्रेन्द्र बम भन्ने खग्रेन्द्र रजवार, २२ वर्षीय भोजबहादुर बम, धनगढी उपमहानगरपालिका–३ का २४ वर्षीय पल्लपराज भट्ट र बर्दिवास नगरपालिका–६, महोत्तरीका २५ वर्षीय गोकुल खड्का रहेका छन्। त्यस्तै, भारत लख्मिपुरका श्रवणकुमार सिंह, गुरु जीत र खुराम दगौडालाई पनि प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ।

उनीहरुको साथबाट खोटा नोट छाप्ने मेसिन एक थान, नोट छाप्न प्रयोग भएको दुई सय २० थान सेतो पेपर र नेपाल तथा भारतका नक्कली नोट प्रहरीले बरामद गरेको छ। पछिल्लो समय कैलालीबाट नक्कली नोट पक्राउ पर्ने क्रम बढको थियो।

Featured