काठमाडौं, साउन २४-मध्यपुर थिमि नगरपालिका मेयर मदन सुन्दर श्रेष्ठ र उपमेयर अञ्जनादेवी मधिकर्मीबीच एक वर्षदेखि बोलचाल बन्द छ। सोही कारण नगरपरिषद् बस्न सकेको छैन।
आइतबार नगरपरिषद्को बैठक बोलाइएको भए पनि उपमेयर मधीकर्मी सहित नेपाली कांग्रेसबाट निर्वाचित १ र २ वडाअध्यक्षले बहिस्कार गरे।
रौतहट कटरिया नगरपालिकामा मेयर र उपमेयरको विवाद योभन्दा ठूलो छ। यो विवाद उच्च अदालत वीरगन्जमा समेत पुग्यो। उपमेयर नुरजाह खातुनले मेयरबाट आफूमाथि ज्याजति भएको आरोप लगाएकी छिन्।
रौतहटको गरुडा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी मेयर र उपमेयरबीचको विवाद कटहरिया मात्र नभई ठाउँठाउँमा उत्कर्षमा पुगेको बताउँछन्।
म्याग्दीको बेनी नगरपालिका मेयर र उपमेयरबीचको झगडा पनि उत्कर्षमा पुगेको छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकशित छ।
प्रतिक्रिया दिनुहोस