देश

त्रिशूलीमा बस खस्यो, ११ यात्रुको उद्धार

काठमाडौं, साउन २४-सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस शुक्रबार बिहान धादिङस्थित त्रिशूली नदीमा खस्दा ३ जनाको मृत्यु भएको छ।

धादिङ प्रहरीका अनुसार सर्लाहीको सदरमुकाम मलंगवाबाट राजधानी काठमाडौं आउँदै गरेको ना ६ ख ७४६९ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ सलाङघाटबाट त्रिशूली नदीमा खसेको हो।

दुर्घटनामा ३ जनाको मृत्यु भएको र ११ यात्रुको उद्धार गरिएको धादिङ प्रहरीले जानकारी दिएको छ।

अहिले सेना, प्रहरीसहितकाे टाेलीले उद्धार गरिरहेका छन्। बसमा ४० जनाभन्दा धेरै रहेको अनुमान गरिएकाे छ।

त्रिशूली नदीमा बसको आधा भाग मात्रै देखिएको छ।