विदेश

पाकिस्तानलाई निर्णय पुनर्विचार गर्न भारतको आग्रह

दिल्ली, एजेन्सी, साउन २३-भारत सरकारले पाकिस्तानलाई उसको निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ।

बुधबार पाकिस्तानले भारतसँगको कुटनीतिक सम्बन्ध कम गर्ने र कारोबार बन्द गर्ने निर्णय गरेको थियो। भारतले बिहीबार पाकिस्तानलाई उक्त कदमबाट पछाडि हट्न आग्रह गरेको हो।

बिहीबार यसको प्रतिक्रिया दिँदै भारतको विदेश मन्त्रालयले भनेको छ,‘भारत सरकारविरुद्ध पाकिस्तानले लिएको फैसलाप्रति भारतले खेद प्रकट गर्दछ। हामी पाकिस्तानलाई ती फैसला पुनर्विचार गर्नका लागि अपिल गर्दछौ ताकि कुटनीतिक सम्पर्क सामान्य होस्।’

पाकिस्तानले आफ्ना कुटनीतिज्ञहरु भारतबाट फिर्ता बोलाउने र भारतका कुटनीतिज्ञलाई भारत नै पठाउने पनि बताएको थियो।

भारतले उसको संविधानको धारा ३७० खारेज गरेसँगै जम्मु कस्मिरको विशेषाधिकार खोसिएको छ। भारतको यस कार्यबाट कस्मिरका बहुुसंख्यक मुसलमान बिस्थापित हुने पाकिस्तानको भनाइ रहेको छ।

भारतले यस निर्णय जम्मु कस्मिरकै लागि फलदायी भएको जनाएको छ।

Featured