देश

नक्कली नोट सहित पक्राउ

उदयपुर,साउन २३-चौदण्डीगढी नगरपालिका-५ सिवाई बस्ने मोहम्मद अनिल मियालाई च्यातिएको अवस्थामा रहेको १ हजार दरका २ वटा र लुकाई राखेको १ हजार दरका थप ३९ वटा नक्कली नोट सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

मोहम्मदले सोही ठाउँस्थित किराना पसलमा १ सय ४० रुपैयाँको सामान किनी हजार रुपैयाँको नोट दिएर ८ सय ६० फिर्ता लिएकोमा उक्त नोट नक्कली रहेको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुन्दरपुरबाट खटिएको प्रहरीले मोहम्मदको घर तलासी गर्दा उक्त नोटहरु फेला पारी उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।